
काठमाडौँ- विक्की अग्रवालको निर्देशनमा बनेको फिल्म ‘ककाकिकी’ को छायांकन सुरु भएको छ। पर्वतमा आज बिहान शुभ मुहूर्त गर्दै ३५ दिने तालिकासहित भूकदेउरालीबाट छायांकन सुरु गरेको निर्देशक अग्रवालले जानकारी दिए। २० दिन पर्वतमा गाउँमा र त्यसपछि काठमाडौँमा छायांकन गरिने उनले बताए।
छायांकनमा फिल्मका कलाकार तृप्ती नाडकर, रेखा थापा, दिया मास्के, सुभास गजुरेल, महेश त्रिपाठी, सुवर्ण थापालगायतका कलाकार उपस्थित छन्।
फिल्म ‘ककाकिकी’ चर्चित हास्य सो ‘कमेडी दरबार’ का टिमले निर्माण गर्न लागेको हो। दरबारकै निर्देशकद्धय बिक्की र श्रृद्धा प्रसाईले नै फिल्मलाई निर्देशन गर्दैछन्। फिल्मको कथा बिक्कीसँगै बिकाश अर्याल र सरोज भण्डारीले लेखेका छन्।
विक्की कै पटकथा रहेको फिल्ममा विश्वास तिम्सिना स्क्रिप्ट डाक्टरको रुपमा छन्। फिल्मको सहायक निर्देशन अनिश बुढाथोकीले गर्नेछन् फिल्मको डिओपीको सुदिप बरालले सम्हालेका छन्।