ओलीले राज्य र पार्टीलाई नै आफ्नो नोकर ठाने : घनश्याम भुसाल

हिमाल प्रेस २९ पुष २०७९ १७:४४ | Friday, January 13, 2023
ओलीले राज्य र पार्टीलाई नै आफ्नो नोकर ठाने : घनश्याम भुसाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका नवप्रवेशी नेता घनश्याम भुसालले नेकपा एमाले अध्यक्ष केपी ओलीका कारण देशमा कम्युनिष्ट आन्दोलन नै अप्ठ्यारोमा परेको दाबी गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन्।

ज्ञान, विज्ञान, तर्क र प्रमाणमाथि ओलीवाद हाबी भएपछि कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको उनको भनाइ छ। गत वर्ष चितवनको सौराहामा सम्पन्न एमालेको महाधिवेशनलाई उनले सौराहा काण्डको संज्ञा दिँदै ओलीले राज्य र पार्टीलाई आफ्नो नोकर ठान्ने सिद्धान्त लिएको, सर्वत्र मै हुँ भन्ने विचार लिएको उनले आरोप लगाए।

आफूले यसो भन्दै आएको र यसमा कसैले पनि बहस गर्न नसेकेको उनको भनाइ छ। भुसालले निर्वाचनमा आफूलाई ओलीले उम्मेदवार नबनाउने कुरा थाहा भएको उल्लेख गर्दै आफ्नो निर्वाचन क्षेत्रमा मण्डले दीपक बोहोरालाई उम्मेदवार बनाएपछि सो पार्टी परित्याग गर्नु परेको स्पष्टीकरण दिए।

एमालेले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारका रूपमा रुपन्देहीबाट चुनाव लडेका थिए। उनी एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका हुन्।

प्रकाशित: २९ पुष २०७९ १७:४४ | Friday, January 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast