महालक्ष्मी विकास बैंकले १०.४७ प्रतिशत लाभांश दिने

हिमाल प्रेस २९ पुष २०७९ १७:२५
6
SHARES
महालक्ष्मी विकास बैंकले १०.४७ प्रतिशत लाभांश दिने

काठमाडौँ– महालक्ष्मी विकास बैंक लिमिटेडले १०.४७ प्रतिशत लाभांश दिने भएको छ। शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो।

सभाले बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तको वासलात, आव २०७८/७९ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरणलगायत एकीकृत वित्तीय विवरण पनि स्वीकृत गरेको छ।

साधारण सभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार अथवा लगानीकर्ताको रूपमा भित्र्याउने प्रस्तावसमेत पारित गरेको छ।

प्रकाशित: २९ पुष २०७९ १७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast