
खाँदबारी- संघीय सरकारको निर्देशनअनुसार खाँदबारी नगरपालिकाले करार र दैनिक ज्यालादारी सेवामा कार्यरत २९ जना कर्मचारीको सेवा सम्झौता रद्द गरेको छ।नगरपालिकाले २०८२ कात्तिक १ गतेदेखि लागू हुने गरी सो निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ।
नगरपालिकाको कार्यालयबाट बुधबार जारी सूचनामा भनिएको छ,‘नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने’ भन्ने मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णय र त्यसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयबाट प्राप्त पत्रका आधारमा निर्णय गरिएको हो।
कार्यालयअन्तर्गत स्वीकृत दरबन्दी बाहेकका १३ जना करार तथा दैनिक ज्यालादारी कर्मचारी र १६ जना झोलुङ्गे पुल हेरालु गरी जम्मा २९ जनाको सम्झौता रद्द गरिएको पालिकाद्वारा जारी सूचनामा उल्लेख छ।