‘सोल्टिनी’ को गीत ‘दाजुको साली’ [भिडियोसहित]

हिमाल प्रेस २२ असोज २०८२ १३:००
8
SHARES
‘सोल्टिनी’ को गीत ‘दाजुको साली’ [भिडियोसहित]

काठमाडौँ- फिल्म ‘सोल्टिनी’ को गीत ‘दाजुको साली’ सार्वजनिक भएको छ। गीत गायक एस.डी. योगीले गाएका हुन्। अर्जुन सुवेदीको शब्द रहेको गीतमा हर्कुलस बस्नेतले संगीत भरेका छन्।

गीतमा उदय राज पौडेलको एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्स/मास्टरिङ छ। गीतले प्रेममा आएको रोमाञ्चकता र ग्रामीण जीवनशैलीको रमाइलोपन झल्काएको छ।

मौसम हिमालीले कोरियोग्राफी गरेको गीतको भिडियोमा अभिनेता प्रकाश सपुत, अभिनेत्री परीक्षा लिम्बूको साथमा सुन्दर धिताल, सब्बु गुरुङ र सुजन खतिवडाले नृत्य गरेका छन्।

अर्जुन सुवेदीको निर्देशनमा बनेको फिल्म यस वर्षकाे भाइटिकाको अवसरमा आगामी कात्तिक ६ मा प्रदर्शन हुनेछ।

 

प्रकाशित: २२ असोज २०८२ १३:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast