
सिन्धुली- बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो र खोलाको कटानका कारण सडक अवरुद्ध भएपछि वैकल्पिक सडक हुँदै सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको छ। राजमार्गमा बनाइएको अस्थायी सडक हालैको बाढीले बगाएपछि सवारीसाधनलाई दोलखाको चरीकोट हुँदै काठमाडौँ पठाइएको हो।
काभ्रेको रोशी गाउँपालिकाका विभिन्न स्थानमा रोशी खोलाले राजमार्ग कटान गरेको छ भने नमोबुद्ध र धुलिखेल क्षेत्रमा पनि सडक बगेको छ। बीपी राजमार्ग पूर्ण रूपमा खुल्न अझै केही समय लाग्ने देखिएपछि खुर्कोट–मन्थली–चरीकोट हुँदै खाँडीचौर जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको हो।
प्रकाशित: २० असोज २०८२ १२:३०
प्रतिक्रिया