सप्तकोसी नदीमा पानीको बहाव ५ लाख ३३ हजार क्युसेक

हिमाल प्रेस १९ असोज २०८२ १८:४१
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख ३३ हजार क्युसेक

इनरुवा (सुनसरी)- पूर्वीपहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ। आज (आइतबार) बिहान ११ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर पाँच लाख १० हजार ९६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेकामा पछिल्लो मापनअनुसार पाँच लाख ३३ हजार ५४० क्युसेक प्रतिसकेण्ड बहाव रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।

पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ वटै ढोका खोलिएको उनले बताए। पानीको बहाव उच्च भएपछि खतराको संकेत स्वरुप रातो बत्ती बाली रातो झण्डासमेत फहराइएको छ। यसै गरी कोसी ब्यारेज वरिपरी सवारीसाधान सञ्चालनमा समेत रोक लगाइएको छ।

यसैबीच आइतबार प्रमुख जिल्ला अधिकारी मिश्रको नेतृत्वमा सुरक्षाकर्मीसहित नेपाली टोली र भारतको बिहार सरकार जल संशाधन विभागको टोलीले कोसी ब्यारेजको निरीक्षण गरेको छ। रासस

प्रकाशित: १९ असोज २०८२ १८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast