९ अर्ब ८२ करोड डलर सञ्चिति, करिब ९ महिनाको आयात धान्ने

हिमाल प्रेस २९ पुष २०७९ १५:०७ | Friday, January 13, 2023
९ अर्ब ८२ करोड डलर सञ्चिति, करिब ९ महिनाको आयात धान्ने राष्ट्र बैंक

काठमाडौँ- चालु आर्थिक वर्षको मंसिर महिनासम्म ९ अर्ब ५४ करोड अमेरिकी डलर सञ्चिति रहेको छ।

नेपाल राष्ट्र बैंकको वित्तीय विवरणअनुसार यो सञ्चिति २०७९ असार मसान्तको भन्दा ३ प्रतिशतले बढी हो। असारमा नेपाल राष्ट्र बैंकसँग ९ अर्ब ५४ करोड अमेरिकी डलर सञ्चिति थियो।

आर्थिक वर्ष २०७९/८० को पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १० महिनाको वस्तु र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असारको तुलनामा मंसिर मसान्तमा ७.८ प्रतिशतले वृद्धि भएको छ। राष्ट्र बैंकसँग ११ खर्ब ३९ अर्ब २२ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग भने असारको तुलनामा ३.८ प्रतिशतले कमी आएको छ। वित्तीय संस्थासँग मंसिरमा १ खर्ब ५३ अर्ब ३४ करोड रुपैयाँ सञ्चिति छ। मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत छ।

प्रकाशित: २९ पुष २०७९ १५:०७ | Friday, January 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast