नागढुंगाबाट पाँच बजेभित्र मात्र गाडीलाई जान दिइने

हिमाल प्रेस १९ असोज २०८२ १६:५३
8
SHARES
नागढुंगाबाट पाँच बजेभित्र मात्र गाडीलाई जान दिइने फाइल तस्बिर

काठमाडौँ– बाढीपहिरो तथा विपद्को सम्भावित घटनालाई मध्यनजगर गर्दै लामो दूरीका रात्रिकालीन बसलाई साँझ पाँच बजेभित्रमा पुगेकालाई मात्रै नागढुंगाबाट प्रस्थानका लागि अनुमति दिइने भएको छ।

बाढीपहिरोलगायत विपद् जोखिमका घटनालाई मध्यनजर गर्दै काठमाडौँबाट नागढुंगामा पाँच बजे पुगेका लामो दूरीका रात्रिकालीन बसलाई मात्रै गन्तव्यतर्फ पठाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनले भने, ‘बाढीपहिराको सम्भावित जोखिम अझै देखिएकाले नागढुंगामा पाँच बजेभित्र पुगेका रात्रिकालीन बसलाई मात्र बाहिरिने अनुमति दिइनेछ। सोहीअनुसार हामीले सम्बन्धित बस व्यवसायीका संस्थामा जानकारीसमेत दिएका छौँ।’

यसैगरी, रातिका बेलामा जोखिम बढ्ने भएकाले चालकहरुले पनि जोखिम मोलेर सवारीसाधन नचलाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रहसमेत गरेको छ।

बिहानदेखि कम्तीमा पनि २०० को हाराहारीमा नागढुंगाबाट लामो तथा छोटो दूरीका सवारीसाधन बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: १९ असोज २०८२ १६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast