सप्तकोशी ब्यारेज पुलबाट आवतजावत बन्द

विवेक विवश रेग्मी १९ असोज २०८२ १०:५०
26
SHARES
सप्तकोशी ब्यारेज पुलबाट आवतजावत बन्द

इटहरी- बाढीले सतह पार गरेपछि कोशी ब्यारेज पुलबाट आवतजावत बन्द गरिएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले उक्त जानकारी दिएका हुन्। मिश्रले कोशी ब्यारेजको पुलको विकल्पमा मदन भण्डारी राजमार्ग हुँदै चतराको पुलबाट आवातजावत गर्न सकिने बताए।

सप्तकोशीमा पानीको स्तर चार लाख ८६ हजार ७७० क्युसेक पुगेको छ। खतराको तह पार गरेपछि ब्यारेजका ५६ वटै ढाका खुलेको जानकारी मिश्रले दिए।

उनले सप्तकोशी आसपासका सबै बासिन्दालाई पूर्ण सतर्कता अपनाउन आग्रह गरिएको बताए। चतरास्थित कोशी नदीमा बाढीले खतराको तह पार गरेको छ। हाल बढ्दो क्रममा रहेकोले खोला किनार र डुबान भइरहने होचो ठाउँका बासिन्दालाई सोमबार बिहानसम्मै उच्च सतर्कताका साथ सुरक्षित ठाँउमा रहन उनले आग्रह गरेका छन्।

प्रकाशित: १९ असोज २०८२ १०:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast