धरौटी बुझाएर थुनामुक्त भए सन्दीप

हिमाल प्रेस २९ पुष २०७९ १४:२७ | Friday, January 13, 2023
धरौटी बुझाएर थुनामुक्त भए सन्दीप फाइल तस्बिर

काठमाडौँ- बलात्कार आरोप लागेका सन्दीप लामिछाने धरौटी बुझाएर थुनामुक्त भएका छन्। बिहीबार उच्च अदालत पाटनले सर्तसहित २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। सोहीअनुसार उनले धरौटी रकम बुझाएर थुनामुक्त भएका हुन्।

उच्च अदालतले सन्दीपलाई नेपाल छाड्न नपाउने, पीडित र उनीसँग सम्बन्धित व्यक्तिसँग सम्पर्क गर्न नपाउने, काठमाडौँ बाहिर जाँदा प्रहरीलाई जानकारी दिनुपर्ने, आफ्नो मुद्दाबारे धारणा राख्न नपाउनेलगायतका सर्तहरू राखेर थुनामुक्त गर्न आदेश दिएको हो।

गत भदौ ६ गते जबरजस्तीकरणी गरेको भन्दै एक किशोरीले जाहेरी दिएकी थिइन्। त्यसपछि प्रहरीले सन्दीपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। प्रहरीले अनुसन्धान सकेपछि कात्तिक १४ गते उनीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको थियो।

कात्तिक १८ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। त्यसविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिँदै आफूलाई थुनामुक्त गरेर मुद्दाको अन्तिम किनारा लगाउन माग गरेका थिए।

प्रकाशित: २९ पुष २०७९ १४:२७ | Friday, January 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast