राइड सेयरिङलाई बढी भाडा नलिन प्रशासनको चेतावनी

हिमाल प्रेस १८ असोज २०८२ १७:५८
12
SHARES
राइड सेयरिङलाई बढी भाडा नलिन प्रशासनको चेतावनी

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले मनसुनजन्य विपद्को फाइदा उठाउँदै बढी भाडा नअसुल्न राइड सेयरिङमा संलग्न व्यवसायीहरूलाई अनुरोध गरेको छ।

‘इन्ड्राइभ, पठाओ, यांगोलगायतका राइड सेयरिङ गर्ने सवारीसाधनहरुले सेवा प्रदान गर्ने क्रममा यात्रुहरुलाई साविकको भन्दा अत्यन्त चर्को मूल्य लिएको भनी गुनासो प्राप्त हुन आएको छ’, जिल्ला प्रशासन कार्यालयले शनिबार जारी गरेको सूचनामा उल्लेख छ।

कार्यालयले यसरी कोही कसैलाई ठगी नगर्न नगराउनु अनुरोध गरेको छ। कसैले यस्तो किसिमको ठगी गरेको भए आवश्यक प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा पेस गर्न पनि सूचनामा आह्वान गरिएको छ। ‘यसरी ठगी गर्ने व्यक्तिहरुलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने व्यहोरासमेत यसै सूचनाद्वारा जानकारी गराइएको छ’, सूचनामा उल्लेख छ।

प्रकाशित: १८ असोज २०८२ १७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast