
सुदूरपश्चिम– धनगढीबाट पोखराका लागि छुटेको बा २ ख १९०७ नम्बरको बस शनिबार धनगढीको बोराडाँडी सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर देउवाका अनुसार धनगढी उपमहानगरपालिका–४ का ६२ वर्षीय गणेशबहादुर शाहीको मृत्यु भएको हो।
बसमा सवार सबै १२ जना घाइते भएका छन्। उनीहरुमध्ये एक जनाको अवस्था गम्भीर छ। घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार जारी छ।
प्रकाशित: १८ असोज २०८२ १६:११
प्रतिक्रिया