धन्य हाम्रो हिमाल [तस्बिरहरू]

हिमाल प्रेस १७ असोज २०८२ १९:२७
4
SHARES
धन्य हाम्रो हिमाल [तस्बिरहरू] पोखरा महानगरपालिका–१४ गोर्खा भिलेजबाट शुक्रबार बिहान देखिएको माछापुच्छ्रे हिमाल। तस्बिर : रासस

कविशिरोमणि लेखनाथ पौड्यालद्वारा लिखित ‘हिमाल’ शीर्षक कवितामा हिमालय पर्वत शृंखला–प्रदत्त प्राकृतिक र आध्यात्मिक भावानुभूतिलाई सुन्दर ढंगले अभिव्यक्त गरिएको छ। सारा सृष्टिको अवलोकन गरिरहेको सिद्धात्मा झैँ लाग्ने हिमाल नेपाली मात्रको अटल सौभाग्य स्तम्भ बनेर उभिएकोमा कवि गौरवान्वित हुन्छन्। उनले हिमालको चित्रण यसरी गरेका छन् :

गङ्गाको जन्म धर्ती शुचितम शिवको शान्त विश्रान्ति धाम
गौरीको मञ्जु लीला–महल चहकिलो रत्नशोभाभिराम
पस्नै सक्दैन जसमा सितिमित कहिल्यै काल कालो कराल
त्यो दीव्य स्तम्भ जस्तो अति अटल अहा धन्य हाम्रो हिमाल।

पोखरा महानगरपालिका–१४ गोर्खा भिलेजबाट शुक्रबार बिहान देखिएको माछापुच्छ्रे हिमशृंखला।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने मुकुटेश्वर हिमाल।

पोखरा महानगरपालिका-१४ छिनेडाँडाबाट शुक्रबार देखिएको सराङकोट र पृष्ठभूमिमा हिमालको दृश्य।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-५ स्थित मुस्ताङ-डोल्पा सडकबाट देखिएको हिमशृंखला र सुख्खा पठार।

 

तस्बिरहरू : रासस

प्रकाशित: १७ असोज २०८२ १९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast