प्रदेश १ का मुख्यमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, थपिए तीन मन्त्री

हिमाल प्रेस २९ पुष २०७९ ११:२२ | Friday, January 13, 2023
प्रदेश १ का मुख्यमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, थपिए तीन मन्त्री

इटहरी- प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार (आज) मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

माओवादी केन्द्र सरकारमा सहभागी भएसँगै माओवादीका दुई र एमालेका थप एक गरी तीन जना मन्त्री विस्तार गरिएको हो। मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुभन्दा अगाडि माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएका हुन्।

माओवादीबाट तेह्रथुम १ (ख) बाट निर्वाचित दुर्गाप्रसाद चापागाईं र मोरङ ६ (क) बाट निर्वाचित जीवन आचार्य र एमालेबाट पूर्वप्रमुख सचेतक तथा सोलुखुम्बु १ (ख) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित वुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरिएको हो।

आचार्य प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ हुन्। सोमबार सपथग्रहणअघि मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। आज कार्कीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने जानकारी दिए।

प्रकाशित: २९ पुष २०७९ ११:२२ | Friday, January 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast