
बैतडी– बसको ठक्करबाट बैतडीमा एक महिलाको मृत्यु भएको छ।
दशरथचन्द नगरपालिका—२ देहिमाडौँस्थित निङ्गलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा बसको ठक्करबाट वडा नं १ गुरूखोला निवासी ३३ वर्षीया भागरथी लुहारको मृत्युभएको हो।
जात्राबाट फर्किने क्रममा दशरथचन्द राजमार्गअन्तरर्गत गुरुखोलामा महाकाली यातायातको सु. प. प्र ०२००१ ख १०१७ नम्बको बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक दिपककुमार रायले जानकारी दिए।
घटनाको विरोधमा मृतकका आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरेका र सहमतिका लागि प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको टोली घटनास्थल पुगेको जनाइएको छ।
प्रकाशित: १४ असोज २०८२ १९:४६
प्रतिक्रिया