रौतहटमा ४७ लाख बराबरको अवैध सामानसहितको ट्रक भन्सारमा बुझाइयो

हिमाल प्रेस १४ असोज २०८२ १८:२७ | Tuesday, September 30, 2025
रौतहटमा ४७ लाख बराबरको अवैध सामानसहितको ट्रक भन्सारमा बुझाइयो

रौतहट– प्रहरीले बरामद गरेको भारतबाट भन्सार छलेर ल्याइएका करिब ४७ लाख २८ हजार ६६६ रुपैयाँ बराबरका सामानसहितको ट्रक भन्सार बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलवार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले आइतवार राति साढे ११ बजे बौधीमाई नगरपालिका–५ स्थित हनुमान मन्दिर नजिक चेकजाँच गर्ने क्रममा ना ६ ख ५६२ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो ।

ट्रक चालक धादिङको गल्छी–६ का ३० वर्षीय विनय लामालाई समेत प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए ।

ट्रकसहित बरामद गरिएका सामानमा जुट ३ बोरा, गुल १ बोरा, सेन्ट २ कार्टुन, पान मसला मिक्स ६ बोरा, युरिया मल ३ बोरा, पाकेट सुर्ती १ बोरा, खुल्ला सुर्ती ३ बोरा, चूनौटी ४ बोरा, हुक्का ३ बोरा, बिडी १ बोरा, कुकिन ५ बोरा, पान मसला जार ३ थान तथा केही मात्रामा पटाखा लगायतका वस्तुहरू रहेका छन् ।

प्रहरीका अनुसार बरामद गरिएको ट्रक, चालक र सामानलाई आवश्यक कारबाहीका लागि सोमबार राति जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको छ।

प्रकाशित: १४ असोज २०८२ १८:२७ | Tuesday, September 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast