![काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, १४ घाइते [घाइतेको नामावलीसहित]](https://himalpress.com/wp-content/uploads/2025/05/ACCIDENT1691152311.jpg)
काठमाडौँ– काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको बस आज बिहान सिन्धुलीको दुधौली नगरपालिका-५ घारीथुम्सीस्थित मदन-भण्डारी राजमार्गमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
सिन्धुली प्रहरीले दिएको जानकारीअनुसार बा. प्र ०१-००६ ख ९४२२ नम्बरको बस आफैँ अनियन्त्रित भई रङसाइडतर्फ २२ फिट तल धानबारीमा खसेको हो।
दुर्घटनामा घाइते भएकामध्ये ८ जनाको अवस्था मध्यम छ भने बाँकी ६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये ५ जनाको उपचार कटारी अस्पताल र ९ जनाको उपचार सिर्थौली अस्पतालमा भइरहेको छ।
कटारी अस्पतालमा उपचार भइरहेको घाइतेको विवरण:
१. जिल्ला काभ्रे धुलिखेल न.पा.२ बस्ने वर्ष २३ का माधव न्यौपाने, बाँया हात र खुट्टामा चोट सामान्य
२. जिल्ला झापा केरखा गा.पा.३ बस्ने वर्ष ३६ का सन्दीप योङखानी- बाँया हात र खुट्टामा चोट सामान्य
३. जिल्ला झापा दमक न.पा.३ बस्ने वर्ष ३६ का मुन्ना अधिकारी- टाउको, बाँया हात र खुट्टामा चोट, अवस्था मध्यम
४. उनकी छोरी वर्ष १९ की सुशीला अधिकारी- दाँया हात र खुट्टामा चोट, अवस्था सामान्य
५. जिल्ला झापा दमक न.पा.१ बस्ने वर्ष ४८ को दिनेश केसी खत्री- दाँया पाखुरामा चोट, अवस्था सामान्य
सिर्थौली अस्पतालमा उपचार भइरहेको घाइतेको विवरण:
१. जिल्ला मोरङ सुन्दरहरैचा गा.पा.८ बस्ने वर्ष ४३ का लोकबहादुर थापा (टाउको, दाँया खुट्टामा चोट अवस्था मध्यम)
२. जिल्ला इलाम सूर्योदय न.पा.१४ बस्ने वर्ष २२ की लीला भट्टराई- मुख र टाउकोमा चोट, अवस्था मध्यम
३. जिल्ला काठमाडौँ महालक्ष्मी न.पा.७ बस्ने वर्ष ४५ का खेमबहादुर बस्नेत- बाँया हातमा चोट, अवस्था मध्यम
४. उनकी श्रीमती वर्ष ४५ की चन्द्रकला पोखरेल- मुखमा चोट, अवस्था मध्यम
५. निजको छोरी वर्ष १९ की एन्जिला बस्नेत- मुखमा चोट, सामान्य
६. निजको छोरी वर्ष १० की अनिशा बस्नेत, दाँया खुट्टामा चोट अवस्था मध्यम
७. जिल्ला काठमाडौँ, काठमाडौँ म.न.पा.३ बस्ने वर्ष ४० की पवित्रा राई मुख र दाँया खुट्टामा चोट, अवस्था मध्यम
८. जिल्ला ताप्लेजुङ सिरिङ्वा गा.पा.६ बस्ने वर्ष ५८ का गोपाल कडरिया- टाउकोमा चोट सामान्य
९. जिल्ला झापा बिर्तामोड न.पा.२ बस्ने वर्ष २३ की संगीता हेमरन- दाँत र दाँया खुट्टामा चोट अवस्था मध्यम