सत्ता गुमाएपछि पहिलो पटक बस्यो एमाले सचिवालय, अन्तरिम सरकारका निर्णयप्रति तीब्र असन्तुष्ट

हिमाल प्रेस १२ असोज २०८२ २०:२६ | Sunday, September 28, 2025
सत्ता गुमाएपछि पहिलो पटक बस्यो एमाले सचिवालय, अन्तरिम सरकारका निर्णयप्रति तीब्र असन्तुष्ट राष्ट्रिय युवा संघ नेपालले भक्तपुरको सूर्यविनायकमा गत साता आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : रासस

काठमाडौँ– जेनजीको आन्दोलनपछि नेकपा एमालेको पहिलोपटक सचिवालय बैठक बसेको छ ।

बैठक भक्तपुरस्थित गुण्डुमा अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको थियो । बैठकले तीन वटा निर्णय गरेको छ ।

जस अनुसार, पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका पाँच जनाको पासपोर्ट रोक्का गर्ने सरकारको निर्णयमा एमालेले गम्भीर ध्यानाकर्षण गराएको छ । एमालेले यसलाई प्रतिशोधयुक्त निर्णय समेत भनेको छ ।

‘यसअघि नै गृह मन्त्रालय मार्फत् मिडिया ट्रायल गरेर अनि दशैँको मौका पारेर गरिएको यस राजनीतिक प्रतिशोधयुक्त कदमप्रति केन्द्रीय सचिवालय गंभीर आपत्ति प्रकट गर्दछ,’ एमालेको निर्णयमा उल्लेख छ ।

नेपाल प्रहरीलाई निर्बाध काम गर्ने वातावरण सुनिश्चित गर्न पनि एमालेले ध्यानाकर्षण गराएको छ ।

 

प्रकाशित: १२ असोज २०८२ २०:२६ | Sunday, September 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast