इटहरीमा जेनजी आन्दोलनमा मृत्यु भएका परिवारले पाए राहत

हिमाल प्रेस १२ असोज २०८२ १९:३६
18
SHARES
इटहरीमा जेनजी आन्दोलनमा मृत्यु भएका परिवारले पाए राहत

इटहरी – जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका इटहरीका दुई युवाका परिवारले १९ दिनपछि मात्र सरकारी राहत पाएका छन्।

समयमै राहत नपाउँदा अभिषेक श्रेष्ठ र मोहन सरदारका परिवारले दाहसंस्कार तथा काजक्रियामा संघसंस्था र व्यक्तिबाट आएको सहयोगमा भर पर्नुपरेको हो।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार मन्त्रिपरिद्को निर्णयअनुसार प्रत्येक मृतक परिवारलाई गृह मन्त्रालयबाट १५ लाख रुपैयाँ र प्रदेश सरकारबाट किरिया खर्चवापत १ लाख प्रदान गरिएको हो।

राहतस्वरूप १० लाख र क्षतिपूर्तिवापत ५ लाख गरी १५ लाख रकम प्रदान गरिएको हो। इटहरी १६ बस्ने श्रेष्ठ र इटहरी १४ घर भएका सरदारको भदौ २३ गते इटहरी चोकमा गोली लागेर निधन भएको थियो।

प्रकाशित: १२ असोज २०८२ १९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast