एमालेको सचिवालय बैठक सुरू

हिमाल प्रेस १२ असोज २०८२ १४:४०
16
SHARES
एमालेको सचिवालय बैठक सुरू तस्बिर : अध्यक्ष ओलीको सचिवालय

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा बैठक सुरू भएको हो।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि पहिलोपटक नेकपा एमालेको सचिवालय बैठक बसेको हो।

बैठकमा जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम, आन्दोलनका कारण पार्टीभित्र परेको प्रभावलगायतका विषयमा छलफल हुने बताइएको छ।

बैठकमा आन्दोलनपछिको राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, संगठन सुदृढीकरण, आगामी कार्ययोजनालगायतका विषयमा निर्णय हुने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।

प्रकाशित: १२ असोज २०८२ १४:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast