काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालबाट नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिएका हुन्। मन्त्रिपरिषद्को बिहीबारको निर्णयबाट शर्मा सो पदमा नियुक्त भएका थिए। शर्माले आजै कार्यभार सम्हाल्नेछन्।
प्रकाशित: १० असोज २०८२ १३:४७ | Friday, September 26, 2025
प्रतिक्रिया



