झुम्का कारागारबाट भागेका कैदी धरानमा पक्राउ

हिमाल प्रेस १० असोज २०८२ ८:५७
8
SHARES
झुम्का कारागारबाट भागेका कैदी धरानमा पक्राउ

इटहरी- जेनजी आन्दोलनका क्रममा भदौ २४ गते झुम्का कारागारबाट भागेका कैदी दुई सातापछि पक्राउ परेका छन्।

प्रदेश प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले धरान उपमहानगरपालिका क्षेत्रमै बस्दै आएका ४२ वर्षीय सन्दीप थापा, ३२ वर्षीय सुनील श्रेष्ठ र २९ वर्षीय लक्की गुरुङलाई पक्राउ गरेको हो।

तीनै जना लागूऔषध मुद्दामा सजाय काटिरहेका थिए। पक्राउ परेकाहरूलाई बिहीबार साँझ झुम्का कारागारमै पुर्‍याइएको छ।

प्रकाशित: १० असोज २०८२ ८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast