सान्या अधिकारी बनिन् मिस युनिभर्स नेपाल-२०२५

हिमाल प्रेस ९ असोज २०८२ ११:३६ | Thursday, September 25, 2025
10
SHARES
सान्या अधिकारी बनिन् मिस युनिभर्स नेपाल-२०२५

काठमाडौँ- विश्व चर्चित ‘मिस युनिभर्सको नेपाल फ्रेन्चाइज मिस युनिभर्स नेपाल २०२५’ को उपाधि सान्या अधिकारीले जितेकी छन्। ललितपुरस्थित रोयल टुलिप होटलमा बुधबार सम्पन्न ग्रान्ड फिनालेबाट सान्या बिजेता बनेकी हुन्।

साथै, आरोही बस्नेत प्रथम उपविजेता, सोनालिशा ढुंगाना द्धितीय उपविजेता, एलिना यारी तृतीय उपविजेता र ज्योती थापा चौैथो उपविजेता घोषित भए। फिनालेमा १४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए।

विजेता सान्याले २ लाख नगदसहित विभिन्न उपहार प्राएकी छन्। यस्तै उनले आगामी २१ नोभेम्बरमा थाइल्यान्डको बैंककमा हुने ७४ औं मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

बिजेता बनेसँगै मिडियासँगको कुराकानीमा सान्याले नेपालमा पछिल्लो समय जेनजी प्रदर्शनका कारण टुरिजन क्षेत्रमा परेको असरबारे कुरा गरिन्। उनले विदेशी पर्यटकलाई नेपाल शान्त भइसक्यो भन्ने सन्देश दिने बताइन्। उनले मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्दा नेपालको टुरिजम क्षेत्रसँग अन्य विविध कुरा गर्ने उनकाे याेजना छ।

प्रकाशित: ९ असोज २०८२ ११:३६ | Thursday, September 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast