
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा.महावीर पुनले अनावश्यक फोन र मेसेज नगर्न आग्रह गरेका छन्।
सोमबारदेखि मोबाईल, मेसेन्जर र ह्वाट्सअपमा हजारौँ कल र सन्देश आइरहेको बताउँदै उनले हाल मन्त्रालयमा प्रभावकारी र सिर्जनशील टिम निर्माणको काममा व्यस्त रहेको जानकारी दिएका छन्।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टीम बनाउन व्यस्त छु। त्यसैले केही दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला।’
डा.पुनले पदभार ग्रहण गरेको छोटै समयमै जनताबाट प्रत्यक्ष सम्पर्क प्रयास बढेपछि यस्तो अनुरोध गरेको बताएका छन्।
प्रकाशित: ८ असोज २०८२ ९:५६
प्रतिक्रिया