विराटनगरमा स्रोत नखुलेको रकमसहित एक पुरुष पक्राउ

हिमाल प्रेस ७ असोज २०८२ २०:०२ | Tuesday, September 23, 2025
विराटनगरमा स्रोत नखुलेको रकमसहित एक पुरुष पक्राउ

इटहरी- विराटनगर महानगरपालिका-१७ स्थितबाट स्रोत नखुलेको अवैध रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

आज (मंगलबार) दिउँसो साढे १ बजेतिर अस्थायी प्रहरी पोष्ट मटेरुवा मोरङबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३८ प ५८५१ नम्बरको मोटरसाइकल चेकजाँच गरेको थियो।

चेकजाँचको क्रममा चालक विराटनगर-१८ का ४१ वर्षीय वीरेन्द्र साहले साथमा लुकाईछिपाई राखेको स्रोत नखुलेको १४ लाख ५० हजार नेपाली रुपैँयासहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट आवश्यक थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रकाशित: ७ असोज २०८२ २०:०२ | Tuesday, September 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast