
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स वितरण गरेको छ।
मंगलबार पहिलो चरणमा देशभरिका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिएको काठमाडौँ महानगरका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीले जानकारी दिए।
एम्बुलेन्स वितरणका लागि आवेदन माग गरिएकोमा विभिन्न स्थानीय तहबाट आएको आवेदनलाई हेर्दै मापदण्डका आधारमा सुविधासम्पन्न एम्बुलेन्स उपलब्ध गराइएको उनले बताए। एम्बुलेन्स वितरण गर्दा सातै प्रदेशलाई समावेश गरिएको उनको भनाइ छ।
एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको महानगरले जनाएको छ।
प्रकाशित: ७ असोज २०८२ १६:३२
प्रतिक्रिया