दुर्गमका गाउँपालिकालाई काठमाडौँ महानगरको एम्बुलेन्स

हिमाल प्रेस ७ असोज २०८२ १६:३२ | Tuesday, September 23, 2025
दुर्गमका गाउँपालिकालाई काठमाडौँ महानगरको एम्बुलेन्स

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स वितरण गरेको छ।

मंगलबार पहिलो चरणमा देशभरिका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिएको काठमाडौँ महानगरका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीले जानकारी दिए।

एम्बुलेन्स वितरणका लागि आवेदन माग गरिएकोमा विभिन्न स्थानीय तहबाट आएको आवेदनलाई हेर्दै मापदण्डका आधारमा सुविधासम्पन्न एम्बुलेन्स उपलब्ध गराइएको उनले बताए। एम्बुलेन्स वितरण गर्दा सातै प्रदेशलाई समावेश गरिएको उनको भनाइ छ।

एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको महानगरले जनाएको छ।

प्रकाशित: ७ असोज २०८२ १६:३२ | Tuesday, September 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast