चितवनमा भेटिए ६ जना औलो रोगी

हिमाल प्रेस ७ असोज २०८२ ९:४४ | Tuesday, September 23, 2025
चितवनमा भेटिए ६ जना औलो रोगी

चितवन- जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६ जनामा औलो रोगको संक्रमण देखिएको छ । चालु आर्थिक वर्षको साउनयता उनीहरूमा यो रोगको संक्रमण देखिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो रोगको संक्रमण भेटिनेमा तीन जना भरतपुर महानगरपालिकाका छन् भने दुई जना खैरहनी नगरपालिकाका र एक जना राप्ती नगरपालिकाका छन् । संक्रमित ३४ देखि ४४ वर्ष उमेर समूहका रहेका कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए। उनका अनुसार विभिन्न देशमा र नेपालका विभिन्न जिल्लामा रोजगारीका सिलसिलामा गएर फर्किएकामा यो रोगको संक्रमण देखिएको हो ।

‘भारतबाट आएका चार, दक्षिण कोरियाबाट फर्किएका एक र सुनसरीबाट फर्किएका एक जनामा औलो रोगको संक्रमण देखिएको हो’, प्रमुख रुपाखेतीले भने।

जिल्लामा गत आर्थिक वर्षमा १० जनामा औलो रोगको संक्रमण देखिएको थियो। विगत चार वर्षदेखि जिल्लामा नै रहेका व्यक्तिमा यो रोगको संक्रमण नदेखिएको उनले बताए। औलो रोग पोथी लामखुट्टेले टोक्दा सर्ने गर्दछ।

प्रकाशित: ७ असोज २०८२ ९:४४ | Tuesday, September 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast