कति छ डलरको भाउ?

हिमाल प्रेस ६ असोज २०८२ ६:३१
2
SHARE
कति छ डलरको भाउ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको विनिमयदर स्थिर छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने घटेको छ। कुबेती दिनारसहितका केही मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

आज युरो एकको खरिददर १६५ रुपैयाँ २० पैसा र बिक्रीदर १६५ रुपैयाँ ९१ पैसा छ। हिजो युरो एकको खरिददर १६५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०५ पैसा थियो।

आज पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९० रुपैयाँ २६ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ६० पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९३ रुपैयाँ १४ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९३ रुपैयाँ २५ पैसा थियो।

कुबेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ३७ र बिक्रीदर ४६३ रुपैयाँ ३४ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४६० रुपैयाँ ५१ र बिक्रीदर ४६२ रुपैयाँ ४८ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ र बिक्रीदर ३७४ रुपैयाँ ५९ पैसा छ। हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो।

प्रकाशित: ६ असोज २०८२ ६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast