‘अभिमन्यु’ फूलपातीमा प्रदर्शन नहुने

हिमाल प्रेस ५ असोज २०८२ १७:०३ | Sunday, September 21, 2025
‘अभिमन्यु’ फूलपातीमा प्रदर्शन नहुने

काठमाडौँ- फिल्म ‘अभिमन्युः च्याप्टर १’ ले प्रदर्शन मिति सारेको छ। असोज १३ गते अर्थात् दसैँको फूलपातीमा प्रदर्शन हुने भनिएको फिल्म अब असोज २४ देखि प्रदर्शनमा आउने भएको हो।

निर्माण टिम सेभेन सिज सिनेमाले आइतबार एक विज्ञप्ति जारी गर्दै असोज २४ मा प्रदर्शन गर्ने  जानकारी दिएको हो। असोज १३ मा एकैसाथ चार फिल्म प्रदर्शनमा आउने भएपछि शो संख्या कम हुने भन्दै प्रदर्शक तथा वितरकहरूको आग्रहलाई मध्यनजर गर्दै अभिमन्यु हटाएकाे विज्ञप्तिमा उल्लेख छ।

‘हामीले भदौ २७ गते प्रदर्शन गर्ने भनिएको फिल्म ‘अभिमन्युः च्याप्टर वान’ देशमा भएको जेनजी आन्दोलनका कारण स्थगन गर्नु परेको थियो। तर हाम्रो सम्पूर्ण मार्केटिङ सामग्री प्रयोग भइसकेको र असोज १३ गतेकै दिन अन्य फिल्म प्रदर्शनमा आउने भएकाले पर्याप्त शो उपलब्ध गराउन सिनेमाघरहरूलाई कठिन हुने साथै यसले अन्य नेपाली फिल्महरूलाई समेत असर पार्ने अवस्था देखियो, विज्ञप्तिमा भनिएको छ, ‘यी सबै पक्षलाई विचार गरी हामीले शुभ साईत असोज २४ गते लाई फिल्मको अन्तिम प्रदर्शन मिति तय गरेका छौँ।’

असोज २४ मै नेपाली र हिन्दी दुवै भाषामा देश तथा विदेशमा एकैसाथ प्रदर्शन गर्ने बताइएको छ।

फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देललगायत कलाकारको अभिनय छ। सुशान्त गौतमले निर्देशन गरेको फिल्म मुकेश खनालले लेखेका हुन्।

विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्मातामा छन्। भने, कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, निराजन लुइँटेल र सन्देश श्रेष्ठ हुन्।

प्रकाशित: ५ असोज २०८२ १७:०३ | Sunday, September 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast