अभिनेता अनुपविक्रम शाहीले गरे बलिउड फिल्ममा डेब्यु

हिमाल प्रेस ५ असोज २०८२ १२:३५ | Sunday, September 21, 2025
अभिनेता अनुपविक्रम शाहीले गरे बलिउड फिल्ममा डेब्यु

काठमाडौँ- अभिनेता अनुपविक्रम शाहीले बलिउड फिल्ममा डेब्यु गरेका छन्। उनले फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यु गरेका हुन्। अभिनेता शाहीले फिल्म छायांकनको केही तस्बिरसहित फेसबुक स्टाटस्मार्फत आफूले बलिउड फिल्ममा अभिनय गर्ने मौका पाएकोमा कृतज्ञ महसुस गरेको बताएका छन्।

फिल्मको मुख्य भूमिकामा बलिउडका चर्चित अभिनेता सलमान खान रहेकोसमेत खुलाएका छन्। साथै आफूले एक साता अघि भारतस्थित लद्दाखमा पहिलो चरणको छायांकन सकेको जानकारी पनि दिएका छन्।

उनले लेखेका छन्,‘सलमान खान सरसँग एसकेएफ फिल्म्सद्वारा निर्मित र अपूर्व लाखिया सरद्वारा निर्देशित मेरो डेब्यु बलिउड फिल्मको लद्दाखमा पहिलो तालिका पूरा गर्न पाउँदा साँच्चै सम्मानित र कृतज्ञ महसुस गरिरहेको छु। अगाडिको यात्राको लागि एकदमै उत्साहित छु।’

बलिउड फिल्म ‘ब्याटल अफ गलवान’ सन् २०२० मा लद्दाखको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा भारतीय र चिनियाँ सैनिकबीच भएको युद्धको कथामा आधारित छ। फिल्ममा सलमानले भारतीय सेनाका कर्नेल सन्तोष बाबुको भूमिकामा अभिनय गरेका छन्। यो सन्तोषकै बायोपिक फिल्म रहेकाे निर्माण टिमले जनाएकाे छ।

अभिनेता सलमान र अनुपसहित फिल्ममा चित्रांगदा सिंह, सुरेश नायर, अंकुर भाटियालगायत कलाकरको अभिनय रहनेछ। फिल्म सलमान खान फिल्मस्को ब्याननरमा निर्माण हुनेछ।

प्रकाशित: ५ असोज २०८२ १२:३५ | Sunday, September 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast