फागुन २१ मा निर्वाचन हुनुपर्छ : आजपा

हिमाल प्रेस ५ असोज २०८२ १०:५६
4
SHARES
फागुन २१ मा निर्वाचन हुनुपर्छ : आजपा आम जनता पार्टीका अध्यक्ष प्रभु साह। फाइल तस्बिर

काठमाडौँ- प्रभु साह नेतृत्वको आम जनता पार्टीले फागुन २१ का लागि तोकिएको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कमिटीको बैठकले सिस्टम सुधारका लागि जनदबाब अभियानसहित चुनावमा जाने निर्णय गरेका अध्यक्ष साहले बताए।

बैठकले देशबाट लुटेरा भगौडा वर्गको दलाल, दलतन्त्रको अन्त्यसहित आम जनताको शासन स्थापित हुने विश्वास विश्वास व्यक्त गरेको पनि बताए। देशको अवस्था बदल्न व्यवस्था बदल्नुपर्ने र राष्ट्रिय स्वाधीनता बचाउन सङ्घर्ष गर्नुपर्ने आवश्यकता रहेको समेत बताए।

देशको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै पार्टीपंक्तिलाई संयमित र चनाखो भएर संघर्षसहित चुनावी अभियानमा मैदानमा होमिन निर्देशन दिए।

प्रकाशित: ५ असोज २०८२ १०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast