देशभरका यी राजमार्ग छन् पूर्ण रूपमा अवरुद्ध

हिमाल प्रेस ५ असोज २०८२ १०:२८
4
SHARES
देशभरका यी राजमार्ग छन् पूर्ण रूपमा अवरुद्ध फाइल तस्बिर/रासस

काठमाडौँ- नेपाल प्रहरीले हाल देशका विभिन्न राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध रहेको जानकारी गराएको छ। बिहान ९ बजेसम्मको तथ्यांकअनुसार, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडकहरू अवरुद्ध भएका छन्।

संखुवासभामा अविरल वर्षाका कारण मकालु गाउँपालिका-३ एकुवा र भोजपुर गाउँपालिका- ४ वरुण सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

यता रसुवामा पहिरोका कारण नेपाल र चीन नाका जोड्ने पुल, गोसाईंकुण्ड गाउँपालिका- २ सडक खण्ड अवरुद्ध भएको छ। सिन्धुपाल्चोक जिल्लामा पहिरोका कारण भोटेकोशी गाउँपालिका- २ कोदारी मा सडक अवरुद्ध भएको छ।

त्यस्तै चितवनको इच्छाकामना-५ तुइनखोलामा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध छ।

यता बागलुङमा पहिरोका कारण कालीखोला सडक खण्ड एकतर्फी सुधार गरिरहेको छ। नवलपरासी पूर्वमा पहिरोका कारण विन्ध्यावासिनी-२ विश्वकर्मा मन्दिर सडक खण्ड पनि एकतर्फी सुधार गरेर सञ्चालनमा ल्याएको छ ।

रुकुम पूर्वमा पहिरोका कारण भुमे-८ कोइडाबगर सडक खण्ड एकतर्फी भएको छ भने जाजरकोटमा पहिरोका कारण नलगाड-११ भिरकुना सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

यी सडक खण्डहरू प्रयोग गर्दा विशेष सावधानी अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित: ५ असोज २०८२ १०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast