ऊर्जा मन्त्रालयले भन्यो : जनजी आन्दोलनको नाममा चोरी गर्नेले सामान फिर्ता ल्याउनू

हिमाल प्रेस ५ असोज २०८२ ८:५४
4
SHARES
ऊर्जा मन्त्रालयले भन्यो : जनजी आन्दोलनको नाममा चोरी गर्नेले सामान फिर्ता ल्याउनू

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले जेनजीको प्रदर्शनका क्रममा गत भदौ २३ र २४ गते विभिन्न सामग्री चोरी भएकाले तत्काल फिर्ता गर्न आग्रह गरेको छ ।

प्रदर्शनका क्रममा मन्त्रालयमा तोडफोड भएको, आगजनीका कारण चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीसाधनमा आगजनी भएको मन्त्रालयले उल्लेख गरेको छ । यस्तै, टेलिभिजन, कम्प्युटर सेट, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, माइक्रो ओभन, विभिन्न क्षमताका हार्डडिस्क, स्क्यानर, क्यामेरा, आइप्याड, मोबाइल, हिटर, पङ्खालगायत जिन्सी सामान लुटपाट एवं चोरी भएको मन्त्रालयले जनाएको छ ।

उक्त तोडफोड र चोरीमा संलग्नहरूको सीसीटिभी फुटेजमार्फत पहिचान गर्ने कार्य भइरहेको छ । मन्त्रालयले कोही कसैले कार्यालय परिसरबाट यस्ता सामग्री लिएको वा प्राप्त गरेको भए ती सामग्री, मन्त्रालयमा वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन आग्रह गरेको छ । अन्यथा मन्त्रालयले प्रचलित कानुनबमोजिम कारबाही हुने जनाएको छ ।

कृषि तथा पशुपन्छी मन्त्रालयले पनि ल्यापटप, सिसी क्यामेरा, कम्प्युटर, डेस्कटप, मोटरसाइकलमा जडित ब्याट्रीहरूलगायतका सामग्री चोरी भएको जनाएको छ । चोरीमा संलग्नहरूको सिसीटिभी फुटेजमार्फत पहिचान गर्ने कार्य भइरहेको जनाएको छ ।

मन्त्रालयका जुनकुनै सामग्री लिएको भए तत्काल मन्त्रालय वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन आग्रह गरेको छ । अन्यथा कानुनबमोजिम कारबाही हुने मन्त्रालयले चेतावनीसमेत दिएको छ।

प्रकाशित: ५ असोज २०८२ ८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast