यी ७ सडक आज पूर्णरूपमा अवरुद्ध

हिमाल प्रेस ४ असोज २०८२ १०:३४
8
SHARES
यी ७ सडक आज पूर्णरूपमा अवरुद्ध

काठमाडौँ- नेपाल प्रहरीले विभिन्न स्थानमा सडक अवरुद्ध भएको जानकारी दिएको छ । प्रहरीका अनुसार ७ स्थानमा सडक पूर्णरुपमा अवरुद्ध बनेको छ भने ७ स्थानमा एकतर्फी रहेको छ ।

प्रहरीका अनुसार संखुवासभामा भोटखोला गाउँपालिका-४ र मकालु गाउँपालिका-३ मा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ ।

यस्तै उदयपुरको कटारी-८ मा सिद्धिचरण राजमार्गपनि पूर्णरुपमा अवरुद्ध बनेको छ भने रसुवाको गोसाइँकुण्ड-२ मा नेपाल-चीन नाका जोड्ने पुल पूर्णरुपमा अवरुद्ध छ ।

सिन्धुपाल्चोकको दुई स्थान र चितवनको एक स्थानमा समेत क्रमशः अरनिको र नारायणगढ-मुग्लिङ सडक खण्ड पूर्णरुपमा ठप्प रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ४ असोज २०८२ १०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast