कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : जेनजी आन्दोलनका मृतक परिवारलाई एक लाख सहयोग

हिमाल प्रेस २ असोज २०८२ १९:४१ | Thursday, September 18, 2025
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : जेनजी आन्दोलनका मृतक परिवारलाई एक लाख सहयोग कोशी प्रदेश सरकार। फाइल तस्बिर।

इटहरी– कोशी प्रदेश सरकारले कात्तिक ९ गतेसम्म जेनजी आन्दोलनका क्रममा भएको क्षतिको मूल्यांकन गर्ने निर्णय गरेको छ। जेनजी आन्दोलनपछि बिहीबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

साथै, आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ काजकिरिया खर्च प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रदेशभरिका ५ लाख रुपैयाँभन्दा कमका योजना हाललाई स्थगित गर्ने निर्णयसमेत गरेको छ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीका अनुसार भौतिक पूर्वाधारमा परेको क्षतिको अध्ययन गर्न जिम्मेवारी भौतिक पूर्वाधार मन्त्रालयलाई दिइएको छ।

भण्डारीले जानकारी दिएअनुसार, मृतक परिवारलाई दिइने एक लाख रुपैयाँ सहयोग केवल आन्दोलनकै क्रममा ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई मात्र हुनेछ।

उक्त निर्णयसँगै प्रदेश सरकारले आन्दोलनको प्रभाव मूल्यांकन गर्दै, पुनःस्थापना तथा राहतमा ध्यान दिने उनले बताए। उनका अनुसार यसबाट बजेट व्यवस्थापन र प्राथमिकताको पुनर्विचार गर्न सकिने विश्वास गरिएको छ।

प्रकाशित: २ असोज २०८२ १९:४१ | Thursday, September 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast