निजी क्षेत्रमा सुरक्षा प्रत्याभूति दिन गृहमन्त्रीलाई चेम्बरको आग्रह

हिमाल प्रेस २ असोज २०८२ १५:४८
8
SHARES
निजी क्षेत्रमा सुरक्षा प्रत्याभूति दिन गृहमन्त्रीलाई चेम्बरको आग्रह

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सले गृहमन्त्री ओमप्रकाश अर्यालसँग उद्यमी व्यवसायीको मनोबल उकास्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ।

अध्यक्ष कमलेशकुमार अग्रवालसहितको टोलीले बिहीबार सिंहदरबारमा गृहमन्त्रीलाई भेट गरी लगानी सुरक्षित गर्ने वातावरण बनाउन सरकारलाई सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएको हो।

चेम्बरले जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा आक्रमण हुनु दुःखद् भएको भन्दै यस्तो घटनाले व्यवसायिक वातावरणमा नकारात्मक असर पारेको जनाएको छ।

आर्थिक क्षेत्रको सुरक्षा, डिजिटल सुरक्षा, संकट व्यवस्थापनसम्बन्धी तालिम र विशेष संयन्त्र गठनको सुझाव पनि गृहमन्त्रीलाई दिएको छ।

यस्तै, आन्दोलनमा क्षतिग्रस्त नक्सालस्थित भाटभटेनी सुपरमार्केटको अवलोकन गर्दै चेम्बर पदाधिकारीहरूले अध्यक्ष मीनबहादुर गुरुङप्रति सहानुभूति व्यक्त गरेका छन्।

चेम्बरले निजी क्षेत्रमा भएको क्षतिको विवरण संकलन प्रक्रिया सुरु गरिसकेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast