
काठमाडौँ- नेपाल प्रहरीले बिलबिजकबिना सामान किनबेच नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले सूचना जारी गर्दै जेनजी आन्दोलनका क्रममा तोडफोड तथा लुटपाट भएका सामग्री अवैध रूपमा बजारमा प्रवेश गर्न सक्ने भन्दै त्यसबारे सचेत रहन सबैलाई अनुरोध गरेको हो।
परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराका अनुसार बिलबिजकबिना सामान किनबेच भए प्रचलित कानुनअनुसार कारबाही गरिनेछ।
प्रकाशित: १ असोज २०८२ १५:१२
प्रतिक्रिया