जेनजी आन्दोलनले रोकिएको ‘कमेडी नाइट विथ च्याम्पियन’ प्रसारण सुरु

हिमाल प्रेस १ असोज २०८२ १२:२८ | Wednesday, September 17, 2025
जेनजी आन्दोलनले रोकिएको ‘कमेडी नाइट विथ च्याम्पियन’ प्रसारण सुरु

काठमाडौँ- जेनजी आन्दोलनले रोकिएको कमेडी रियालिटी सो ‘कमेडी नाइट विथ च्याम्पियन’ प्रसारण सुरु भएको छ। सो को नयाँ एपिसोड मंगलबार ओएसआर रियालिसी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

सो का निर्देशक विशाल भण्डारीले पनि फेसबुकमार्फत सो आउने जानकारी दिएका थिए।

नयाँ एपिसोडमा अतिथिका रूपमा फिल्म ‘अभिमन्युः च्याप्टर वान’ का कलाकार कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, सरिता गिरी र निर्माता विनोद पौडेल सहभागी भएका छन्।

सो मा कमेडियन सुमन कार्की, सन्तोष थापा, सजन श्रेष्ठ, भरतमणि पौडेल, कैलाश कार्की, सुमन कोइराला, मेक्सम गौडेल, प्रभात लामा, पवन भट्टराईलगायतले प्रस्तुति दिँदै आएका छन्।

प्रकाशित: १ असोज २०८२ १२:२८ | Wednesday, September 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast