सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक

हिमाल प्रेस १ असोज २०८२ ११:३८
4
SHARES
सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ-बुटवल खण्ड। फाइल तस्बिर

काठमाडौँ- नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। मङ्गलबार राति इच्छाकामना गाउँपालिका-४ घोप्टेभिर, वडा नं ५ तुइनखोला र वडा नं ६ नाम्सीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार बिहान ९ः१० बजेबाट सडक सञ्चालनमा आएको हो ।

बिहान ६ः०० बजेदेखि पहिरो पन्छाउने काम सुरु गरिएको थियो । तीनवटा एक्साभेटरले पहिरो पन्छाइएको हो । पहिरो पन्छाइएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

प्रकाशित: १ असोज २०८२ ११:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast