यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

हिमाल प्रेस १ असोज २०८२ ६:३५
6
SHARES
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले बुधबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९४ रुपैयाँ १५ पैसा , क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ १७ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६५ पैसा ,युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित: १ असोज २०८२ ६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast