
काठमाडौँ- राउटे समुदायले फेरि अर्को सदस्य गुमाएको छ । सोमबार सुर्खेतको लेकबेसी नगरपालिका १० मा बसोबास गर्दै आएका २३ वर्षीय गोविन्द शाहीको मृत्यु भएको छ।
उनको मृत्युसँगै राउटे समुदायको जनसंख्या १३६ मा झरेको छ । राउटे परियोजनाका कर्मचारी लालबहादुर खत्रीले शाहीको मृत्यु अत्यधिक मदिरा सेवनका कारण भएको बताए ।
गोविन्द, सोवंशी दिलबहादुर मुखियाका छोरा हुन् । खत्रीका अनुसार अघिल्लो महिना भत्ता बुझेदेखि राउटे समुदायका सदस्यहरूले मदिरा सेवन गरिरहेका थिए । गोविन्दले भने निरन्तर रूपमा मदिरा सेवन गरिरहेका थिए । मदिराकै कारण उनको मृत्यु भएको उनले बताए ।
प्रकाशित: ३१ भदौ २०८२ ६:४६
प्रतिक्रिया