असोज १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

हिमाल प्रेस ३० भदौ २०८२ १९:२५ | Monday, September 15, 2025
6
SHARES
असोज १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय फाइल तस्बिर

काठमाडौँ- सरकारले असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। राष्ट्रिय शोक दिवस मनाउन सरकारले असोज १ मा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक मनाउँदै असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

उक्त दिन राष्ट्रिय झन्डा झुकाइने उनले बताए। जेनजी आन्दोलनमा सहिद भएकाहरूको सम्मानमा तीन दिन राष्ट्रिय शोक मनाउने निर्णय सरकारले गरेको छ।

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएर सिंहदरबारस्थित गृह मन्त्रालयमा पदभार सम्हाल्दै गृहमन्त्री अर्यालले यो निर्णय गरेका थिए।

प्रकाशित: ३० भदौ २०८२ १९:२५ | Monday, September 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast