कालीगण्डकी करिडोर अवरुद्ध

हिमाल प्रेस ३० भदौ २०८२ ८:२०
10
SHARES
कालीगण्डकी करिडोर अवरुद्ध फाइल तस्बिर

बागलुङ- अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१३ कालाखोला बगर र जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले जानकारी दिए ।

पहिरोका कारण उक्त खण्डमा यातायात सेवा ठप्प भएको छ । कालाखोला छेत्रमा यसअघि पनि पहिरो खसेको थियो । पहिरोका कारण खुलाउन समस्या भइरहेको छ ।

कालीगण्डकी करिडोर आयोजना, निर्माण व्यवसायी र बागलुङ नगरपालिकाले वर्षा रोकिएपछि सडक खुलाउन प्रयास गर्ने प्रहरीको भनाइ छ ।

प्रकाशित: ३० भदौ २०८२ ८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast