आसाममा भूकम्प, पूर्वी नेपालमा झड्का

हिमाल प्रेस ३० भदौ २०८२ ७:१० | Monday, September 15, 2025
आसाममा भूकम्प, पूर्वी नेपालमा झड्का

काठमाडौँ- आसामको गुवाहाटीमा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । आइतबार साँझ गएको भूकम्पको धक्का नेपालको पूर्वी भागसम्म धक्का भएको थियो ।

उत्तर बंगाल र छिमेकी भुटानसम्म महसुस गरिएको थियो। भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार भूकम्पको गहिराइ ५ किलोमिटर थियो र यसको केन्द्रबिन्दु उदलगुरी शहरमा थियो।

गुवाहाटीमा डराएका बासिन्दाहरू घरबाहिर निस्किए। अहिलेसम्म कुनै पनि चोटपटक वा सम्पत्तिमा क्षति पुगेको कुनै रिपोर्ट प्राप्त भएको छैन।

उत्तरपूर्वी उच्च भूकम्पीय क्षेत्रमा पर्ने भएकाले यस क्षेत्रमा बारम्बार भूकम्प जाने गरेको अधिकारीहरूले बताएका छन्।

प्रकाशित: ३० भदौ २०८२ ७:१० | Monday, September 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast