काठमाडौँ जिल्ला अदालतको सेवा अनिश्चितकालका लागि स्थगित

हिमाल प्रेस २९ भदौ २०८२ १४:०१ | Sunday, September 14, 2025
काठमाडौँ जिल्ला अदालतको सेवा अनिश्चितकालका लागि स्थगित फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतको सेवा अनिश्चितकालका लागि स्थगित गरिएको छ। अदालतले आइतबार सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो। भदौ २४ मा भएको आगजनीका कारण अदालत पूर्ण रूपमा जलको छ।

साथै अदालतमा रहेका सम्पूर्ण मुद्दाका मिसिल, इजलास तथा फाँट जलेर नष्ट भएको अदालतले जनाएको छ। ‘यस अदालतबाट प्रवाह हुने पेसीलगायतका सम्पूर्ण सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बेहोरा सरोकारवाला सबैमा जानकारीका लागि सूचित गरिन्छ’, सूचनामा उल्लेख छ।

प्रकाशित: २९ भदौ २०८२ १४:०१ | Sunday, September 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast