अस्पताल पुगेर प्रधानमन्त्रीले लिइन् घाइतेको स्वास्थ्यबारे जानकारी

हिमाल प्रेस २८ भदौ २०८२ १७:०९ | Saturday, September 13, 2025
अस्पताल पुगेर प्रधानमन्त्रीले लिइन् घाइतेको स्वास्थ्यबारे जानकारी

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।

प्रधानमन्त्री कार्कीले शनिबार अपराह्न वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन्।

सेन्टरका प्रमुख डा. बद्री रिजालका अनुसार सेन्टरमा भर्ना भएका ३६ जना घाइतेमध्ये छ जनाको सघन उपचार कक्षमा उपचार जारी छ। उनले दुई जनाको अवस्था गम्भीर रहेको जानकारी प्रधानमन्त्रीलाई गराए।

प्रमुख डा. रिजालले प्रधानमन्त्रीलाई केही बिरामीको शल्यक्रिया गर्नुपर्ने तर गम्भीर चोटका कारण तत्काल शल्यक्रिया गर्न नसकिने जानकारी गराएको बताए।

प्रकाशित: २८ भदौ २०८२ १७:०९ | Saturday, September 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast