
पोखरा– जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबारदेखि पोखरा महानगरपालिकामा निषेधाज्ञा र कफ्र्युको आदेश हटाएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार शनिबार बिहान ९ बजेदेखि निषेधाज्ञा र कफ्र्युको आदेश हटाइएको हो । जेनजीको हिंसात्मक प्रदर्शनका कारण कर्फ्यु लगाइएको थियो।
अहिले अवस्था सामान्य हुँदै गएपछि प्रशासनले कर्फ्यु र निषेधाज्ञा हटाएको हो।
प्रकाशित: २८ भदौ २०८२ १०:३३
प्रतिक्रिया