उपत्यकामा हट्यो कर्फ्यु र निषेधाज्ञा, सामान्य बन्दै अवस्था

हिमाल प्रेस २८ भदौ २०८२ ७:३७
32
SHARES
उपत्यकामा हट्यो कर्फ्यु र निषेधाज्ञा, सामान्य बन्दै अवस्था

काठमाडौँ– जेनजीको प्रदर्शन हिंसात्मक बनेपछि  काठमाडौँ उपत्यकामा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु आज बिहानदेखि हटेको छ।

नेपाली सेनाले भदौ २४ गतेदेखि सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्युको विषयमा जानकारी दिँदै आएको थियो। तर, आज भने सेना र स्थानीय प्रशासन कुनै पनि निकालये निषेधाज्ञा र कर्फ्यु सम्बन्धी सूचना जारी गरेका छैनन्।

निषेधाज्ञा र कर्फ्यु हटेसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्न थालेको छ। काठमाडौँ उपत्यकासँगै देशका विभिन्न जिल्लामा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु पनि आज बिहानदेखि हटेको छ।

जेन जी आन्दोलन उत्कर्षमा पुगेपछि भदौ २३ गते दिउँसोदेखि स्थानीय प्रशासनले काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा र कर्फ्यु जारी गरेका थिए।

जेनजी आन्दोलनको भावनाअनुसार गएराति राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै मुलुकको जनजीवन सामान्य उन्मुख बन्न थालेको हो।

प्रकाशित: २८ भदौ २०८२ ७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast