नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

हिमाल प्रेस २७ भदौ २०८२ २१:४२ | Friday, September 12, 2025
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका छन्। जेनजीको मागअनुसार कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीका रूपमा नेतृत्व गर्ने गरी शुक्रबार साँझ नियुक्ति गरिएको थियो।

शपथ ग्रहण समारोह थोरै व्यक्तिहरूमाझ गरिएको थियो। समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, मुख्य सचिव, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति थियो।

प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की पूर्वप्रधानन्यायाधीश हुन्।

प्रकाशित: २७ भदौ २०८२ २१:४२ | Friday, September 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast